दशैंको अग्रिम टिकट खुल्नेबित्तिकै बसपार्कमा भीड, यात्रुको गुनासो– ‘सिट छैन, भाडा पनि महँगियो’
–रविन ठकुरी काठमाण्डौ । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको चाप बढेको छ। लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिन असोज २३ गतेदेखि यात्रुहरू बिहानैदेखि लाइनमा बस्न थालेका छन्।तर बुकिङ खुलेको पहिलो दिनमै केही यात्रुले टिकट पाउन कठिन भएको र अघिल्लो वर्षभन्दा बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन्। यातायात व्यवसायीले भने इन्धनको...

