चाडपर्वलक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
काठमाण्डौ । चाडपर्वलक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज ७ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ । सरकारले असोज ७ गतेदेखि फागु पूर्णिमासम्मै छुटसहितको सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।