दाउन्ने सडक खण्डको ६६% भौतिक प्रगति सम्पन्न
काठमाण्डौ । नारायणगढ–बुटवल सडक निर्माण योजनाको ६६.५० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यो सडकखण्डको कुल लम्बाइ ११३.५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९०.८७ किमी सडक कालोपत्र भएको छ । पुलहरूले ओगटेको क्षेत्रबाहेक ११०.४६ किमी कालोपत्र गर्नुपर्ने छ । पुलले ३.०७ किमी क्षेत्र ओगटेको छ ।