नेप्से सूचना प्रविधि प्रणाली अडिट: औपचारिकता मात्र होइन, विश्वास पुनर्स्थापनाको अवसर
-डीडी राजा हालै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचना प्रणाली (Information System) अडिटका लागि संस्था/परामर्शदातालाई सूची दर्ता/अद्यावधिक गर्न सूचना प्रकाशित गरेको छ। नेप्सेको संवेदनशील कारोबार तथा सूचना प्रविधि प्रणाली अडिटको पहल हुनु स्वागतयोग्य कदम भए पनि प्रकाशित सूचनामा अडिटरको आवश्यक योग्यता, अनुभव, कार्यक्षेत्र र स्पष्ट मापदण्ड उल्लेख नहुनुले गम्भीर प्रश्न उठाएको...

