डिम्याट खोल्नेको संख्या ६२ लाख, ‘मेरो सेयर’को यूजर ५२ लाख
काठमाण्डौ । सेयर बजारमा रौनक आउन नसके पनि डिम्याट खाता खोल्नेको संख्या भने दिनहुँ बढिरहेको छ। पछिल्लो समय सेयर बजार उत्साहजनक ढंगले बढ्न सकेको छैन । सरकारको अस्थिर नीति तथा सत्ता परिवर्तनको खेलले बढेको अन्यौलको छायाँ बजारमा समेत देखिरहेको छ । तर, डिम्याट खाता खोलेर बजारमा प्रवेश गर्नेको संख्या भने दिनहुँ बढिरहेको देखिएको हो ।