काठमाण्डौ । सेयर बजारमा रौनक आउन नसके पनि डिम्याट खाता खोल्नेको संख्या भने दिनहुँ बढिरहेको छ।
पछिल्लो समय सेयर बजार उत्साहजनक ढंगले बढ्न सकेको छैन । सरकारको अस्थिर नीति तथा सत्ता परिवर्तनको खेलले बढेको अन्यौलको छायाँ बजारमा समेत देखिरहेको छ । तर, डिम्याट खाता खोलेर बजारमा प्रवेश गर्नेको संख्या भने दिनहुँ बढिरहेको देखिएको हो ।
योसँगै डिम्याट खाता खोल्नेको संख्या ६२ लाख ६ हजार ५१९ पुगेको छ । यो भनेको नेपालको हालको जनसंख्याको २० प्रतिशतभन्दा बढी हो ।
त्यसैगरी, मेरो सेयर प्रयोगकर्ताको संख्या पनि बढेर ५२ लाख ५६ हजार ६७९ जना पुगेको छ । जसमा एक्टिभ मेरो सेयर प्रयोगकर्ताको संख्या भने ३६ लाख ३३ हजार ५०९ जना पुगेको छ ।
योसँगै करिब १२ अर्ब कित्ता सेयर डीम्याट भएको पनि सीडीएसीले जनाएको छ । हाल १११ वटा डीपी रहेका छन् ।
हाल सेन्ट्रल केवासी लिने संस्थाको संख्या ५२ पुगेको छ ।