दाह्रा काटिएपछि ध्रुर्वे निकुञ्जभित्रै, १०–१० मिनेटमा निगरानी
काठमाण्डौ । बस्तीमा प्रवेश गरी पटकपटक जनधनको क्षति पुर्याउँदै आएको जङ्गली हात्ती ध्रुर्वे दुवै दाह्रा काटिएपछि हाल चितवन राष्ट्रिय निकुञ्जभित्रै बस्दै आएको निकुञ्ज प्रशासनले जनाएको छ।निकुञ्जले गत असार ३१ गते सुखिभार पोस्ट नजिक ध्रुर्वेलाई नियन्त्रणमा लिएर दुवै दाह्रा काट्नुका साथै शरीरमा नयाँ रेडियो कलर जडान गरेको थियो। रेडियो कलरमार्फत हात्तीको गतिविधि प्रत्येक...

