सोमबार, श्रावण १८,२०८३ 02:55:43
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:55:43
Bizshala
Global IME Bank Limited

दाह्रा काटिएपछि ध्रुर्वे निकुञ्जभित्रै, १०–१० मिनेटमा निगरानी

दाह्रा काटिएपछि ध्रुर्वे निकुञ्जभित्रै, १०–१० मिनेटमा निगरानी
New Office

काठमाण्डौ । बस्तीमा प्रवेश गरी पटकपटक जनधनको क्षति पुर्याउँदै आएको जङ्गली हात्ती ध्रुर्वे दुवै दाह्रा काटिएपछि हाल चितवन राष्ट्रिय निकुञ्जभित्रै बस्दै आएको निकुञ्ज प्रशासनले जनाएको छ।

निकुञ्जले गत असार ३१ गते सुखिभार पोस्ट नजिक ध्रुर्वेलाई नियन्त्रणमा लिएर दुवै दाह्रा काट्नुका साथै शरीरमा नयाँ रेडियो कलर जडान गरेको थियो। रेडियो कलरमार्फत हात्तीको गतिविधि प्रत्येक १०–१० मिनेटमा अनुगमन भइरहेको छ ।

ध्रुर्वे आइतबार बिहान माडीस्थित अमेलिया कृषि फर्म क्षेत्रमा देखिएको भए पनि त्यसपछि बस्तीभित्र प्रवेश गरी कुनै क्षति पुर्‍याएको छैन। उक्त क्षेत्र निकुञ्जसँग जोडिएको रिउखोला आसपासको क्षेत्र हो।

निकुञ्ज प्रशासन र नेपाली सेनाको अपरेसन युनिटले हात्तीको निरन्तर निगरानी गरिरहेको छ। ध्रुर्वे बस्ती नजिक पुगेको जानकारी प्राप्त हुनासाथ मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय तथा स्थानीय टोलमा तत्काल सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ। साथै सुरक्षा टोली परिचालन गरी हात्तीलाई पुनः निकुञ्जतर्फ फर्काउने तयारीसमेत गरिएको छ।

डार्ट गरेर नियन्त्रणमा लिँदा प्रयोग गरिएको औषधिको प्रभावका कारण ध्रुर्वे केही समय शिथिल देखिए पनि कुनै पनि बेला बस्ती प्रवेश गर्न सक्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाइएको छ।

यस्तै ध्रुर्वेबाट पुनः मानवीय क्षति हुन नदिन विशेष निगरानी र सुरक्षा व्यवस्था कडा पारिएको छ। बथानबाट अलग परेपछि ध्रुर्वे बस्तीमुखी बनेको अनुमान गरिएको छ। पहिले बथानसँगै आवतजावत गर्ने माडीका धोवा, तमोरताल, खोरियामुहान र देउराली क्षेत्रमा अहिले पनि यसको गतिविधि देखिने गरेको छ।

निकुञ्जका अनुसार ध्रुर्वेले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। पछिल्लोपटक गत असार २० गते राति माडीमा एकै परिवारका दुई जनाको मृत्यु भएको थियो। 

यसअघि पनि ध्रुर्वेले पटक–पटक मानवमाथि आक्रमण गरेपछि २०६९ सालमा यसलाई मार्ने निर्णयसमेत गरिएको थियो। तर हालसम्म नियन्त्रण, निगरानी र व्यवस्थापनका उपाय अपनाउँदै यसको गतिविधि नियमन गर्ने प्रयास जारी रहेको निकुञ्ज प्रशासनले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.