अमेरिकी सेयर बजार डाउ जोन्समा ५० वर्षपछि पहिलोपटक लगातार १० दिन गिरावट
काठमाण्डौ । ब्लूचिप कम्पनीहरुको कारोबार हुने अमेरिकी सेयर बजार मापक इन्डेक्स,‘डाउ जोन्स’ लगातार १० दिन घटेको छ । अमेरिकी केन्द्रीय बैंकले बुधबार ब्याजदरमा गरेको कटौती र सन् २०२५ मा दुईपटक मात्रै कटौती हुनेसक्ने जनाएसँगै बुधबार अर्थात १० औं दिन पनि डाउ जोन्समा गिरावट आएको हो । यसअघि भने सन् २०२५ मा ४ पटकसम्म ब्याजदरमा कटौती हुनसक्ने प्रक्षेपण गरिएको थियो ।