ईभी गाडी अब ३ मिनेटमै फुल चार्ज, चिनियाँ वैज्ञानिकले बनाए विश्वकै शक्तिशाली र सुरक्षित सोलिड–स्टेट ब्याट्री
काठमाण्डौ । ईभी सवारी साधनका लागि सबैभन्दा ठूलो समस्या फास्ट चार्जिङ र लामो रेन्जसँग सम्बन्धित छ। पेट्रोल गाडीमा इन्धन भर्न २–३ मिनेट मात्रै लाग्छ भने इलेक्ट्रिक कार चार्ज गर्न धेरै समय लाग्छ। यही समस्या समाधान गर्न चाईनिज एकेडेमी अफ साइन्सेसका वैज्ञानिकहरूले यस्तो हाई–इनर्जी सोलिड–स्टेट लिथियम मेटल ब्याट्री विकास गरेका छन्, जसलाई केवल ३ मिनेटमै पूर्ण रूपमा चार्ज र...

