अब ईभी कार चार्ज गर्न कुर्नु नपर्नेः सडकमा गुड्दा गुड्दै चार्ज हुने, परीक्षण सुरु
काठमाण्डौ । अहिले विद्युतीय सवारी साधनहरु निकै लोकप्रिय बन्दै गएका छन् । पेट्रोल, डिजेलको मूल्यवृद्धिबाट हैरान भएका जनताले विद्युतीय सवारीसाधन खरिद गर्न थालेका छन् । यी गाडीहरूले पेट्रोल र डिजेलको पैसा बचत गर्छन्, तर तिनीहरूले सामना गर्ने सबैभन्दा ठूलो समस्या चार्ज हो। नेपालमा चार्जिङ स्टेशनको नेटवर्क त्यति राम्रो छैन । सामान्यतया, चार्जिङ स्टेशनहरू देशका ठूला...

