• बिहीबार, भाद्र २६,२०८२ 05:37:48
Global IME Bank Limited

बीवाईडीले सार्वजनिक गर्‍यो ‘वेष्ट सेलिङ कार’को नयाँ भर्जन, मूल्यमा व्यापक कटौती

Hyundai Nepal
बीवाईडीले सार्वजनिक गर्‍यो  ‘वेष्ट सेलिङ कार’को नयाँ भर्जन, मूल्यमा व्यापक कटौती

काठमाण्डौ । चीनको अग्रेणी विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले आफ्नो वेष्ट सेलिङ कारको नयाँ भर्जन सार्वजनिक गरेको छ । कम्पनीले आज न्यू युआन प्लस क्रसओभर(विदेशमा अट्टो थ्रीले परिचित)को नयाँ भर्जन सार्वजनिक गरेको हो ।  

विश्व अटो बजारमा मूल्य युद्ध सुरुभएसँगै कम्पनीले यो कारको मूल्य यसअघिको मोडलभन्दा कम गरेको छ । कम्पनीले घरेलु प्रतिष्पर्धि तथा टेस्लासँग प्रतिष्पर्धा गर्न यसअघि नै कम मूल्यका कारहरु लञ्च गर्ने योजना सार्वजनिक गरिसकेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले न्यू युआन प्लस क्रसओभरको मूल्य १ लाख १९ हजार ८ सय चिनीयाँ युआन(१६ हजार ६४४ डलर) निर्धारण गरेको छ । यो मूल्य प्रतिस्थापित भएको मोडलको अन्तिम मूल्यभन्दा ११.८ प्रतिशतले कम हो ।  

वीवाईडीले सन् २०२३ मा युआन प्लसलाई ४ लाख १२ हजार २०२ युआनमा बिक्री गरेको थियो । कम्पनीले त्यस वर्ष १ लाख २० युनिट अर्थात ४२ प्रतिशत युआन प्लस निर्यात गरेको थियो ।  

कम्पनीले चीनमा भन्दा पनि विदेशमा कार बिक्रीबाट बढी मुनाफा कमाईरहेको छ । कम्पनीले अष्ट्रेलियामा अट्टो थ्रीलाई ३१ हजार ३३६ डलरमा बिक्री गरेको थियो । जुन मूल्य चीनको तुलनामा ८५ प्रतिशतले धेरै हो ।  -एजेन्सी

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.