४०% डाउनपेमेन्टले छेकेन अटो बजार, हायर पर्चेज कर्जा १०.३% ले उकालो
-रविन ठकुरी काठमाण्डौ । गाडी किन्न मूल्यको ४० प्रतिशत रकम सुरुमै तिर्नुपर्ने व्यवस्था कायम रहँदा पनि नेपालको अटो बजारमा बैंकिङ कर्जाको परिचालन बढेको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा हायर पर्चेज कर्जा १०.३ प्रतिशतले वृद्धि हुनुले महँगो डाउनपेमेन्टबीच पनि किस्ताबन्दीमा सवारीसाधन खरिद गर्ने क्रम नरोकिएको देखाएको हो।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को...

