महँगीविरुद्ध फ्रान्समा चर्कियो प्रदर्शन झण्डै एक हजार पक्राउ
काठमाण्डौ । बढ्दो महँगी, आर्थिक असमानता र सरकारी नीतिविरुद्ध फ्रान्समा जारी प्रदर्शनका क्रममा शनिबार विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। देशभर झण्डै एक हजार मानिस पक्राउ परेका छन् भने दुई जना गम्भीर घाइते भएको फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले बताएका छन्।दिनभर अधिकांश स्थानमा शान्तिपूर्ण रहेको प्रदर्शन साँझपख केही सहरमा हिंसात्मक बनेको थियो।...

