कालीमाटी बजार विकास समितिद्वारा दैनिक कृषिउपजको थोक मूल्य निर्धारण
काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजार आपूर्ति, मौसमी उत्पादन र आयातित आपूर्तिलाई आधार मानेर मूल्य निर्धारण गरिएको हो।

