आईतवार, असार १४,२०८३ 02:17:27
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:17:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धादिङको लौका, मकवानपुरको काउली र सल्यानको आलुमा उच्च विषादी

Laxmi Sunrise Bank Limited
धादिङको लौका, मकवानपुरको काउली र सल्यानको आलुमा उच्च विषादी

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा तीन प्रकारका तरकारीमा तोकिएको मापदण्डभन्दा बढी विषादीको मात्रा फेला परेपछि ती तरकारी नष्ट गरिएको छ।

कृषि विभागअन्तर्गतको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाले शुक्रबार गरेको परीक्षणमा धादिङबाट ल्याइएको लौका, मकवानपुरको काउली र सल्यानको आलुमा स्वास्थ्यका लागि जोखिमपूर्ण स्तरको विषादी भेटिएको हो।

New Office
CG Motors
Garima Development Bank

प्रयोगशालाका अनुसार परीक्षण गरिएका १२ वटा नमूनामध्ये तीनवटामा अर्गानोफोस्फेट तथा कार्बोमेट समूहका विषादीको अवशेष ६४ प्रतिशतभन्दा बढी रहेको पाइएको छ।

धादिङको गजुरी गाउँपालिकाबाट आएको लौकामा ६६.५१ प्रतिशत, मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको काउलीमा ६४.५४ प्रतिशत तथा सल्यानको आलुमा ६६।९९ प्रतिशत विषादीको मात्रा भेटिएको जनाएको छ।

प्रयोगशालाको मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भेटिएका कृषि उत्पादन उपभोगका लागि अयोग्य मानिने भएकाले त्यस्ता तरकारी बजारमा बिक्री गर्न नदिई अनिवार्य रूपमा नष्ट गरिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोही मापदण्डअनुसार ती तीनवटै तरकारी विसर्जन गरिएको कालीमाटी तरकारी बजार समितिले जनाएको छ।

विषादी परीक्षणमा ३५ प्रतिशतभन्दा कम अवशेष भएका तरकारी उपभोगयोग्य मानिन्छन् भने ३५ देखि ४५ प्रतिशतसम्म भएका केही दिन राखेर मात्र प्रयोग गर्न सिफारिस गरिन्छ।  

४५ प्रतिशतभन्दा माथि विषादी देखिएमा भने सिधै नष्ट गर्ने व्यवस्था रहेको छ।

यसबीच, कालीमाटी बजारले शनिबार र आइतबार सार्वजनिक गरेको दैनिक मूल्यसूचीसँगै विषादी परीक्षणको प्रतिवेदन भने सार्वजनिक नगरेको देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.