मूल्य समायोजनबाट बञ्चित हुँदा निर्माण उद्योग धराशायी, व्यवसायीहरू पीडादायी अवस्थामा: महासंघ
काठमाण्डौ । मध्यपूर्वमा जारी युद्धका कारण विगत केही महिना अघिदेखि इन्धन सहित निर्माण सामग्रीहरूमा निरन्तर भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धि पश्चात् निर्माण व्यवसायीहरूले अहिलेसम्म पनि मूल्य समायोजन नपाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । मूल्य समायोजनबाट बञ्चित हुँदा निर्माण उद्योग र निर्माण व्यवसायीहरू इतिहासकै सबैभन्दा धराशायी स्थितिमा...

