भारतीयहरूले डिजिटल ठगीमा एक वर्षमै दुई खर्ब रुपैयाँ गुमाए !
-निखिल इनामदार-BBC गएको फेब्रुअरीमा पुणेका व्यापार विश्लेषक आलोक (परिवर्तित नाम)को मोबाइलमा तीव्र गतिमा सवारी चलाएको भन्दै १००० रुपैयाँ जरिबाना तिर्न भनिएको एउटा सन्देश आयो।उक्त सन्देशमा तत्कालै जरिबाना भुक्तानी गरे उनी आफ्नो सवारी चालक अनुमतिपत्र निलम्बनबाट बच्न सक्ने भनिएको थियो। जसले आलोकलाई उक्त सन्देशमा पठाइएको लिङ्क क्लिक गरेर पैसा तिरिहाल्न हतार लगायो। भुक्तानी...

