खराब कर्जाले थलिने अवस्थामा नेपाल बैंक: नाफामा पहिरो, वितरणयोग्य मुनाफा नेगेटिभ
काठमाण्डौ । सरकारको निकै ठूलो लगानी रहेको नेपाल बैंक लिमीटेडको नाफामा पहिरो गएको छ । बैंकले शनिवार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो । समीक्षा अवधिमा नेपाल बैंकको खूद नाफा घटेर ५९ करोडमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब १७ करोड माथि रहेको थियो । यसरी बैंक पछिल्लो समय थप...