विदेशी विनिमय सञ्चिति ३०.५% ले बढेर करिब ३५ खर्ब पुग्यो, कति महिनाको आयात धान्न प्रयाप्त ?
काठमाण्डौ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले वृद्धि भएको छ । चालु आवको ९ महिनासम्म कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ चैत मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड पुगेको छ ।कुल विदेशी विनिमय सञ्चितिमध्ये...

