७.६% ले बढ्यो वदेशी विनिमय सञ्चिति, सञ्चिति पर्याप्तता कति ?
काठमाण्डौ । विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले बढेको छ । २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा रु.२८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।