विदेशी विनिमय सञ्चिति ३८% ले बढेर ३७ खर्ब बढी पुग्यो, कति महिनाको आयात धान्न प्रयाप्त ?
काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ बैशाख मसान्तमा ३७ खर्ब ४ अर्ब ५५ करोड पुगेको छ । २०८२ असार मसान्तमा यस्तो रकम २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको थियो ।अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ बैशाख मसान्तमा २४.० प्रतिशतले वृद्धि भई २४ अर्ब १९ करोड पुगेको छ ।

