सोमबार, असार २,२०८२ 02:07:06
  • सोमबार, असार २,२०८२ 02:07:06
Global IME Bank Limited

विदेशी विनिमय सञ्चिति ३२.६% ले वृद्धि, १३ महिनाको वस्तु आयात धान्न प्रयाप्त

Hyundai Nepal
विदेशी विनिमय सञ्चिति ३२.६% ले वृद्धि, १३ महिनाको वस्तु आयात धान्न प्रयाप्त
Nabil Bank Limited

काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो ।  

अघिल्लो आवसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भई गत आवको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति अघिल्लो आवमा रु.११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २७ करोड कायम भएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ३७.४ प्रतिशतले वृद्घि भई रु.१८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ । २०८० असार मसान्तमा यस्तो रकम .१३खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा ०.५ प्रतिशतले कमी आई रु.१ खर्ब ९२ अर्ब ५५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.