ग्लोबल आइएमई लघुवित्तले ६ प्रतिशत बोनस सेयर दिने
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न संस्थाले आगामी मङ्सिर २३ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार साधारण सभा पोखराको लेकसाइडस्थित आईएमई हस्पिटालिटीमा बस्नेछ ।

