भोटेकोशी विपद्पछि खोज–उद्धार अपर त्रिशुली–१ मा केन्द्रित, पुनर्स्थापनाका लागि जग्गा पहिचान हुँदै
काठमाण्डौ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका काम फरक–फरक चरणमा अघि बढिरहेका छन्।भदौ १० गते ल्हेन्दे खोलाको बहाव एक्कासी बढेपछि रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा ठूलो क्षति पुर्याएको थियो।अहिलेसम्म बाढीमा परी १ हजार ४३६ जनाको मृत्यु पुष्टि भएको छ...

