जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट
काठमाण्डौ । उपभोक्ताले जुनसुकै कम्पनीको खाली एलपी ग्यास सिलिन्डर दिएर अर्को जुनसुकै कम्पनीको भरिएको सिलिन्डर लिन पाउने व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा ग्यासको कृत्रिम अभाव, कालोबजारी तथा सिलिन्डर साट्दा उपभोक्ताले भोग्दै आएको झन्झट अन्त्य गर्न यस्तो व्यवस्था आवश्यक रहेको दाबी गरिएको छ।

