गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुँदै
काठमाण्डौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

