बेलायत, फ्रान्स र क्यानडाद्वारा इजरायललाई गाजामा सैन्य कारबाही रोक्न आग्रह
काठमाण्डौ । बेलायत, फ्रान्स र क्यानडाले इजरायललाई गाजामा भएको आक्रमण तत्काल रोक्न आग्रह गरेका छन् । बेलायती प्रधानमन्त्री केयर स्टारर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।