ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको ४७३ औं बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।बैठकले चुक्तापूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव आगामी २०औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो।

