मंगलवार, आश्विन १३,२०८३ 09:29:23
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:29:23
Bizshala
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Bizshala
ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले २०औँ वार्षिक साधारण सभा आगामी असोज १६ गते गर्ने भएको छ। बैंकको भदौ २२ गते सोमबार बसेको सञ्चालक समितिको ४७४औँ बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।

बैंकका अनुसार वार्षिक साधारण सभा असोज १६ गते शुक्रबार बिहान ९ बजे काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुनेछ।

सभामा बैंकले सञ्चालक समितिको प्रस्तावअनुसार कायम सञ्चित मुनाफाबाट चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने विशेष प्रस्ताव पेस गर्नेछ। बोनस सेयर वितरणपछि सोही अनुपातमा बैंकको जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

त्यस्तै, नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधनमा कुनै थपघट वा संशोधन गर्न निर्देशन आएमा सोहीबमोजिम आवश्यक कार्य गर्न वा गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि विशेष प्रस्तावका रूपमा राखिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने तथा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि पेस हुनेछ।

यसैगरी, बैंकका सहायक कम्पनीहरू ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्तावसमेत सभामा छलफल हुनेछ।

यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गरिनेछ।

यसका अतिरिक्त स्वतन्त्र सञ्चालकको नियुक्तिसम्बन्धी जानकारी समेत सभामा प्रस्तुत गरिने बैंकले जनाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ असोज ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.