भारतको सेयर बजार बन्यो विश्वको चौथो ठूलो, बजार पूँजीकरण मात्रै ४.३३ लाख करोड डलर
काठमाण्डौ । भारतको सेयर बजार विश्वको चौथो ठूलो सेयर बजार बनेको छ । हङकङको सेयर बजारलाई उछिन्दै भारतको बजार चौथो ठूलो बनेको हो ।ब्लूमबर्गले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भारतीय सेयर बजारमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ४.३३ लाख करोड डलर पुगेको छ । हङकङको सेयर बजारमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ४.२९ लाख करोड डलर रहेको छ ।