एनएमबि बैंकको सीईओ बने गोविन्द घिमिरे, सुदेश उपाध्यायलाई सिनियर डिसीईओको जिम्मेवारी
काठमाण्डौ । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतको रुपमा गोविन्द घिमिरेलाई नियुक्त गरेको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले एनएमबि बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत घिमिरेलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।