• बिहीबार, भाद्र २६,२०८२ 02:36:53
Global IME Bank Limited

एनएमबि बैंकको सीईओ बने गोविन्द घिमिरे, सुदेश उपाध्यायलाई सिनियर डिसीईओको जिम्मेवारी

Hyundai Nepal
एनएमबि बैंकको सीईओ बने गोविन्द घिमिरे, सुदेश उपाध्यायलाई सिनियर डिसीईओको जिम्मेवारी

काठमाण्डौ । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतको रुपमा गोविन्द घिमिरेलाई नियुक्त गरेको छ ।  

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले एनएमबि बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत घिमिरेलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी २ कार्यकाल पूरा गरेर फागुन अन्तिमबाट विदा हुँदैछन् । रिक्त हुन लागेको प्रमुख कार्यकारी अधिकृत पदको रुपमा चैतबाट घिमिरेले कमान सम्हाल्ने छन् ।  

घिमिरे एनएमबि बैंककै क्याडर हुन् । सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करिअर सुरु गरेका घिमिरे एनएमबि बैंकमा सन् २००९ देखि निरन्तर आबद्ध छन् । २०७९ असोजदेखि उनी एनएमबि बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातकसम्मको शिक्षा हासिल गरेका छन् ।

घिमिरे सीईओ बनेसँगै सञ्चालक समितिको बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनाएको छ । उपाध्याय चाहिँ विगत एक दशकदेखि एनएमिब बैंकमा कार्यरत छन् । उनी सन् २०१५ मा एनएमबि बैंकको सिनियर म्यानेजरको रुपमा भित्रिएका थिए । सन् १९९८ मा स्टान्डर्ड चाटर्ड बैंक नेपाल (तत्कालीन नेपाल ग्रिनलेज बैंक)बाट बैंकिङ करिअर थालेका थिए । उनीसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक कतार तथा कतारकै मश्रेक बैंकमा काम गरेको अनुभव समेत छ । उनी त्रिभुवन विश्वाविद्यालयका एमबीए ग्राजुएट हुन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.