ग्रोक एआई मोडलः अब दुईगुणा चाँडै बन्नेछ एआई भिडियो, हट्नेछ सक्कली र नक्कलीबीचको अन्तर
काठमाण्डौ । एक्सएआईले आफ्नो नयाँ एआई भिडियो जेनेरेसन मोडेल ग्रोक इम्यजिन भिडियो १.५ सार्वजनिक गरेको छ। यसअघि ओपन एआई र गूगलले उन्नत टेक्स्ट–टु–भिडियो मोडेलहरू सार्वजनिक गरिसकेको अवस्थामा, एआई प्रतिस्पर्धामा आफ्नो स्थान थप मजबुत बनाउन एक्सएआईले यो नयाँ मोडेल ल्याएको हो।कम्पनीका अनुसार, सिर्जनाकर्ताहरूलाई केवल आकर्षक दृश्य भएका भिडियो मात्र नभई कम समयमा तयार हुने र अधिक...

