सन् २०२६ को हिमाल आरोहण सम्पन्न ,१ अर्ब २६ करोड राजस्व संकलन
काठमाण्डौ । सन् २०२६ को वसन्त ऋतुमा नेपालको हिमाल आरोहण सिजन सफलतापूर्वक सम्पन्न भएसँगै पर्यटन क्षेत्रले पुनः अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको छ। सगरमाथासहित ३१ वटा हिमालमा भएको आरोहण गतिविधिले नेपाललाई साहसिक पर्यटनको विश्व प्रमुख गन्तव्यका रूपमा मजबुत बनाएको भएपनि यससँगै दिगोपन र व्यवस्थापनका चुनौती पनि उजागर भएका छन्।

