हिमालयन लाइफको सीईओ नियुक्तिमा सर्वोच्चको ब्रेक
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले अघि बढाएको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया तत्कालका लागि रोकिएको छ । सर्वोच्च अदालतले कम्पनीलाई हालको अवस्था यथावत राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।कम्पनीका निलम्बित सीईओ कपिलकुमार दाहालले आफ्नो कार्यकाल बाँकी रहँदै पद रिक्त भएको मानेर नयाँ सीईओ नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको...

