मंगलवार, कार्तिक ३,२०८३ 01:26:07
  • मंगलवार, कार्तिक ३,२०८३ 01:26:07
Global IME Bank Limited

हिमालयन लाइफको सीईओ नियुक्तिमा सर्वोच्चको ब्रेक

Bizshala
हिमालयन लाइफको सीईओ नियुक्तिमा सर्वोच्चको ब्रेक
New Office

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले अघि बढाएको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया तत्कालका लागि रोकिएको छ । सर्वोच्च अदालतले कम्पनीलाई हालको अवस्था यथावत राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

कम्पनीका निलम्बित सीईओ कपिलकुमार दाहालले आफ्नो कार्यकाल बाँकी रहँदै पद रिक्त भएको मानेर नयाँ सीईओ नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोमबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले नयाँ नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको हो ।

दाहाल २०८२ कात्तिक १३ गते चार वर्षे कार्यकालका लागि हिमालयन लाइफको सीईओ नियुक्त भएका थिए । तर धितोपत्रसम्बन्धी मुद्दामा अनुसन्धानका लागि २०८३ साउन २२ गते हिरासतमा परेपछि उनी निलम्बनमा परेका थिए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

पछि धरौटीमा रिहा भएका दाहालले आफूलाई पुनः सीईओको जिम्मेवारीमा फर्काइनुपर्ने दाबी गर्दै आएका छन् । उनको कार्यकाल कानुनी रूपमा समाप्त नभएको र पद रिक्त पनि नभएको अवस्थामा कम्पनीले नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन नमिल्ने उनको जिकिर छ ।

यता, हिमालयन लाइफले भने सीईओ पद रिक्त रहेको निष्कर्षसहित भदौ ३ गते नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको थियो ।

यही निर्णयविरुद्ध दाहाल सर्वोच्च पुगेका हुन् ।

सर्वोच्चले निलम्बनमा परेको व्यक्ति धरौटीमा रिहा भएपछि उसको पद स्वतः रिक्त हुने वा नहुने विषय गम्भीर कानुनी प्रश्न रहेको उल्लेख गर्दै तत्कालका लागि नियुक्ति प्रक्रिया रोकिएको अवस्थामा राख्न आदेश दिएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । यसका लागि भदौ १५ गते पेसी तोकिएको छ ।

अब उक्त दिन दाहाल र हिमालयन लाइफ दुवै पक्षको बहस सुनेपछि सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिने वा कम्पनीलाई सीईओ नियुक्ति प्रक्रिया अगाडि बढाउन दिने भन्नेबारे निर्णय गर्नेछ ।

सर्वोच्चको पछिल्लो आदेशसँगै हिमालयन लाइफको स्थायी नेतृत्व चयन प्रक्रिया थप अनिश्चित बनेको छ । उच्च व्यवस्थापनमा पटक–पटकको फेरबदल, संस्थागत सुशासन र सेयर कारोबारसँग जोडिएका विवादबीच सीईओ नियुक्तिको विषय अब कानुनी परीक्षणको चरणमा पुगेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.