हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा, दसैंलगत्तै चार्ज हुने
काठमाडौं। १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले बाँकी दुई मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दसैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ।प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारणलाइनका १६ टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन्।...

