२ अर्ब चाहिने हेटौँडा कपडा उद्योगलाई ३३ लाख निकासा, उद्योग चलाउने कि औपचारिकता पूरा गर्ने ?
काठमाण्डौ । दशकौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने घोषणा गर्दै आएको सरकारले उद्योगका लागि जम्मा ३३ लाख रुपैयाँ निकासा गरेको छ। करोडौँ होइन, अर्बौं रुपैयाँ लगानी आवश्यक पर्ने उद्योगलाई यति न्यून बजेट दिएपछि सरकारको योजना उद्योग चलाउने हो वा सञ्चालनको नाममा औपचारिकता मात्र पूरा गर्ने हो भन्ने प्रश्न उठेको छ।अर्थ मन्त्रालयले उद्योग, वाणिज्य...

