आइतबार सेवा सुचारु राख्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन, ओपिडी समेत खुल्ला रहने
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि स्वास्थ्य सेवामा निरन्तरता दिन सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदा स्वास्थ्य सेवा प्रभावित हुने गुनासो आएपछि मन्त्रालयले सेवा अवरुद्ध नगर्न र आवश्यक परे सट्टा बिदा लिन आग्रह गरेको हो ।सरकारले इन्धनको खपत घटाउने उद्देश्यले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा...

