मंगलवार, आश्विन १३,२०८३ 09:50:04
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:50:04
Bizshala
Global IME Bank Limited

आइतबार सेवा सुचारु राख्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन, ओपिडी समेत खुल्ला रहने

Bizshala
आइतबार सेवा सुचारु राख्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन, ओपिडी समेत खुल्ला रहने
New Office

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि स्वास्थ्य सेवामा निरन्तरता दिन सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।  

हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदा स्वास्थ्य सेवा प्रभावित हुने गुनासो आएपछि मन्त्रालयले सेवा अवरुद्ध नगर्न र आवश्यक परे सट्टा बिदा लिन आग्रह गरेको हो ।

सरकारले इन्धनको खपत घटाउने उद्देश्यले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

सार्वजनिक बिदाका कारण स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सार्वजनिक बिदा भए पनि अस्पतालहरूले कार्यभार र उपलब्ध जनशक्ति अनुसार आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ ।

कर्मचारी व्यवस्थापनका लागि भने शनिबारबाहेक हप्तामा अर्को एक दिन बिदा दिने व्यवस्था गर्न भनिएको अधिकारीले बताए । बिदा दिन सम्भव नभएमा सट्टा बिदा उपलब्ध गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

देशभरका प्रादेशिक अस्पतालहरूमा समेत यो व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई निर्देशन दिइएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.