हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । स्व.बीमित मिलन सापकोटाको गत असोज महिनामा जापानको नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि हकवाला धन बहादुर सापकोटालाई कम्पनीले २० लाख ८४ हजार रुपैयाँ बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।