सिमरामा हुलास स्टीलको सौर्य उर्जा प्रणाली उद्घाटन
काठमाण्डौ । नेपालको पहिलो हरित स्टील तथा छानो निर्माण कम्पनी हुलास स्टील इन्डस्ट्रीज लिमिटेडले बाराको सिमरा कारखानामा सौर्य उर्जा प्रणाली स्थापना गरी उद्घाटन गरेको छ। यस परियोजना सरकारले सञ्चालन गर्ने वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको प्राविधिक मार्गदर्शन र अनुदान सहयोगमा सम्पन्न भएको हो, जसले सार्वजनिक–निजी साझेदारीमा नवीकरणीय उर्जाको उपयोगलाई प्रवर्द्धन गरेको छ।

