बिजशाला सर्वेक्षण–२: अधिकांश लगानीकर्ता ठान्छन्–‘यो बुलको नेतृत्व बैंकिङ र हाइड्रोले गर्छ’
काठमाण्डौ । नेपालको सेयर बजारमा जारी बुल बैंकिङ र हाइड्रो समूहले नेतृत्व गर्ने विषयमा अधिकांश लगानीकर्ता विश्वस्त देखिएका छन् । बिजशालाले सोमबार साँझ गुगलमार्फत गरेको एक सर्वेक्षणमा सहभागी लगानीकर्तामध्ये धेरैले बैंकिङ र हाइड्रो समूहलाई बुलको नेतृत्व गर्ने समूहको रुपमा प्रस्तुत गरेका हुन् ।