आईसीएफसीको नाफामा २११ प्रतिशतको छलाङ, ईपीएस २३.५९ रुपैयाँ
काठमाण्डौ । आईसीएफसी फाइनान्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा तीन गुणाभन्दा बढी बनाएको छ। खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढ्नुका साथै कर्जा नोक्सानी खर्च घट्दा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो।कम्पनीले असोज मसान्तसम्म ६ करोड ९७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा २ करोड २४ लाख ५५ हजार...

