जीवन बीमकहरुले अभिकर्ता कमिसनका लागि खर्चिए रु.३.५९ अर्ब, कुनको कति ?
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई कमिसन बाँड्नका लागि साढे ३ अर्ब रुपैयाँ छुट्याएका छन् । १४ जीवन बीमकले चालु आवको पहिलो त्रैमाससम्ममा अभिकर्ता कमिसन शीर्षकमा ३ अर्ब ५९ करोड १४ लाख रुपैयाँ छुट्याएका हुन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०.५२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले अभिकर्तालाई कमिसन बाँड्नका लागि ३ अर्ब २४ करोड ९६ लाख...

