मंगलवार, कार्तिक ३,२०८३ 01:23:49
  • मंगलवार, कार्तिक ३,२०८३ 01:23:49
Global IME Bank Limited

अभिकर्तालाई कमिसन बाँड्न जीवन बीमकले छुट्याए रु.६.२७ अर्ब, कुनको कति ?

Bizshala
अभिकर्तालाई कमिसन बाँड्न जीवन बीमकले छुट्याए रु.६.२७ अर्ब, कुनको कति ?
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई कमिसन बाँड्न ६ अर्ब रुपैयाँ भन्दा बढी छुट्याएका छन् । चालु आवको दोस्रो त्रैमाससम्ममा १४ जीवन बीमा कम्पनीले ६ अर्ब २७ करोड ५२ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्याएका छन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७.१३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले ५ अर्ब ८५ करोड ७४ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्याएका थिए ।  

जीवन बीमा अभिकर्ताले पहिलो वर्ष प्रिमियम रकमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत कमिसन र त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन पाउने व्यवस्था छ । अभिकर्ताले पाउने कमिसन उसले बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुन्छ ।

बीमा कम्पनी र बीमितबीचका बीचमा मध्यस्थकर्ता रुपमा काम गर्ने व्यक्ति बीमा अभिकर्ता हुन् । बीमा अभिकर्ताले बीमा कम्पनीको तलबी कर्मचारी नभइ कमिशनको आधारमा बीमा कम्पनीको तर्फबाट काम गरेका हुन्छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जीवन बीमा कम्पनीले व्यवसाय बढाएसँगै अभिकर्ता कमिशन समेत उल्लेख्य बृद्धि हुन पुगेको हो । बीमा अभिकर्ताले भित्र्याउने विजेशकै आधारमा बीमा कम्पनीले कमिशन प्रदान गरेका हुन्छन् ।

गत आवको तुलनामा एलआइसी नेपाल र मेट लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीले यस्तो कमिसन बढाएको तथ्याङ्कले देखाएको छ ।  

चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा बढी अभिकर्ता कमिसन छुट्याउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले १ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ अभिकर्तालाई कमिसन बाँड्न छुट्याएको छ । यो रकम गत आवको तुलनामा ९.८२ प्रतिशत बढी हो ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफले ८३ करोड ५५ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीले छुट्याएको यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ८.८८ प्रतिशत बढी हो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै हिमालयन लाइफले ६५ करोड ८९ लाख, एलआइसी नेपालले ६५ करोड ६४ लाख, सुर्यज्योति लाइफले ४४ करोड १७ लाख, एशियन लाइफले ३५ करोड २५ लाख, सानिमा रिलायन्स लाइफले ३१ करोड ५ लाख, रिलायबल नेपाल लाइफले २४ करोड १३ लाख, मेट लाइफले २३ करोड ७६ लाख, प्रभु महालक्ष्मी लाइफले २३ करोड २० लाख, आइएमई लाइफले २२ करोड २ लाख, सन नेपाल लाइफले १८ करोड ७५ लाख, सिटिजन लाइफले १६ करोड ६९ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ९ करोड ५० लाख रुपैयाँ अभिकर्तालाई बाँड्न कमिसन छुट्याएको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी अभिकर्ता कमिसन बढाउनेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले यस्तो रकम गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा २५।८५ प्रतिशत बढाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.