इन्स्योरेन्स सेक्टरमा लगानीकर्ताको चार्म घट्दो, ओभर क्यापिटलाइजेशनले बैंकजस्तै छायाँमा पर्दै
काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा लगानीकर्ताहरु बढी ‘लो क्याप’ वा ‘अल्ट्रा लो क्याप’ कम्पनीतर्फ आकर्षित छन् । सेयरबजारले भनेजस्तो गति लिन नसक्दा हाई क्याप वा फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु ओझेलमा परेका छन् । वित्तीय रुपमा सशक्त कम्पनीहरु चल्न नसक्दा सेयरबजारले गति लिन सकिरहेको छैन । सूचीकृत कम्पनीहरुमा बैंक र बीमा कम्पनीहरुको वित्तीय अवस्था तुलनात्मक रुपमा बलियो...