भोलिदेखि मुग्लिन–काठमाण्डौ सडकको घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाण्डौ सडक खण्डको घोप्टेभीर क्षेत्रमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ।पहिरोको उच्च जोखिम रहेको उक्त क्षेत्रमा सडक सुरक्षासम्बन्धी काम गर्न शनिबारदेखि निश्चित समयका लागि सवारीसाधन सञ्चालनमा रोक लगाउन लागिएको हो।जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै मंसिर ५ गते शनिबारदेखि अर्को सूचना...

