कोशीदेखि बागमतीसम्म मनसुनको प्रभाव, कतै वर्षा, कतै तातो लहरको सम्भावना
काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मनसुनी प्रणाली सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका अधिकांश भू-भाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव देखिएको छ।

