बुधबार, असार १०,२०८३ 02:33:04
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:33:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देशका विभिन्न क्षेत्रमा आज पनि वर्षाको सम्भावना, पहाडी भू–भागमा मेघगर्जनसहित पानी पर्ने

Laxmi Sunrise Bank Limited
देशका विभिन्न क्षेत्रमा आज पनि वर्षाको सम्भावना, पहाडी भू–भागमा मेघगर्जनसहित पानी पर्ने

काठमाण्डौं । देशभर आज पनि मौसम आंशिकदेखि सामान्य बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र केही तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले शनिबार बिहान सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार देशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने देखिएको छ ।

New Office
CG Motors
Garima Development Bank

मौसमविद्का अनुसार दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।  

ती क्षेत्रमा मेघगर्जन र चट्याङको प्रभावसमेत देखिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।  

मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा मध्यम स्तरको हिमपात हुन सक्ने भएकाले हिमाली तथा पर्वतीय क्षेत्रमा आवतजावत गर्ने, पदयात्रा तथा पर्वतारोहणमा संलग्न व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ ।

मौसम विभागले केही क्षेत्रमा गर्मीको प्रभाव पनि कायम रहने जनाएको छ ।  

विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा ‘तातो दिन’ तथा तराई भू–भागमा ‘तातोलहर’को सम्भावना रहेको उल्लेख गरिएको छ ।

बढ्दो तापक्रमका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले अत्यधिक घाममा बाहिर ननिस्कन, पर्याप्त पानी पिउन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

रातिको मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पुनः मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कर्णाली प्रदेशका हिमाली क्षेत्रमा समेत एक–दुई स्थानमा वर्षा र हिमपातको अवस्था देखिन सक्ने अनुमान गरिएको छ ।

काठमाडौँ उपत्यकामा पनि आज मौसम परिवर्तनशील रहने अनुमान गरिएको छ ।

मौसमविद् डेभिड ढकालका अनुसार बिहान उपत्यकामा घामसँगै आंशिक बदलीको अवस्था रहेपनि दिउँसोपछि बादल बढ्ने र साँझतिर हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

 उनका अनुसार आज काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना करिब ४० प्रतिशत रहेको छ ।

महाशाखाले मौसमसम्बन्धी प्रयोग हुने शब्दावलीबारे पनि जानकारी दिएको छ ।  

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी परेमा त्यसलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी तथा २०० मिलिमिटरभन्दा बढी पानी परेमा अति भारी वर्षा मानिन्छ ।

त्यस्तै, ‘एक–दुई स्थान’ भन्नाले १० प्रतिशतभन्दा कम भू–भाग, ‘थोरै स्थान’ले १० देखि ३० प्रतिशत, ‘केही स्थान’ले ३० देखि ५० प्रतिशत, ‘धेरै स्थान’ले ५० देखि ८० प्रतिशत तथा ‘अधिकांश स्थान’ले ८० प्रतिशतभन्दा बढी भू–भागमा वर्षाको सम्भावना रहेको बुझिने मौसमविद्हरूले स्पष्ट पारेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.